Section 3E
धार्मिक मन्दिर, गुम्बा आदिको सञ्चालन :

(१) धार्मिक मन्दिर, गुम्बा आदिको सञ्चालकले त्यस्तो मन्दिर तथा गुम्बामा चढाइएको दान दक्षिणाको रकममध्ये पचास प्रतिशतसम्म रकम सोही मन्दिर तथा गुम्बाको संरक्षण तथा यसको पर्यावरणको सुधारमा लगाउनु पर्नेछ ।
(२) धार्मिक मन्दिर तथा गुम्बामा चढाइएको दान दक्षिणाको आय व्यय र त्यसको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।